सुनवर्षीमा चट्याङ लागेर बालकको मृत्यु, एक घाइते

Logo
ग्रामीण पत्रिका प्रकाशित आइतबार, भाद्र २३, २०८१

विराटनगर/मोरङ्गको सुनवर्षी नगरपालिका वडा नं ९ स्थित मुस्लिम टोलमा आज दिउँसो परेको चट्याङले एक बालकको मृत्यु भएको छ भने अर्की बालिका घाइते भएकी छिन्। चट्याङका कारण ११ वर्षका सोफियन आलमको मृत्यु भएको छ भने ८ वर्षकी नजारा खातुन घाइते भएकी छन्।

मोरङ्ग प्रहरीका प्रवक्ता डीएसपी ग्यानेन्द्र बहादुर बस्नेतका अनुसार सोफियनका बुबा हमित आलमको घर छेउमा कटहरको रुख मुनि खेलिरहेका बेला चट्याङ लागेको थियो। घाइते बालबालिकाहरूलाई तत्कालै रंगेली अस्पताल लगिएको थियो। सोफियनको उपचारको क्रममा दिउँसो २:४५ बजे निधन भएको हो भने नजारा खातुनको उपचार जारी रहेको छ।

घटनासँगै स्थानीयहरूमा शोकको वातावरण छाएको छ भने प्रहरीले यस घटनाको विस्तृत विवरण संकलन गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]