पुर्व मुख्यमन्त्री केदार कार्कीको ९ मागसहित आमरण अनशन घोषणा

Logo
ग्रामीण पत्रिका प्रकाशित सोमबार, भाद्र २४, २०८१

विराटनगर/कोशी प्रदेशका पुर्व मुख्यमन्त्री केदार कार्कीले मंगलबार अपराह्न ४ बजेदेखि आमरण अनशन बस्ने घोषणा गरेका छन्। विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेशसभा भवन अगाडि पार्टीको झण्डा नराखी आमरण अनशन बस्ने बताएका हुन्। कार्कीले आफू मर्ने तर अनशन नछोड्ने अठोट व्यक्त गरे। उनका अनुसार उनले उठाएको एजेन्डा जनताको पक्षमा भएकाले सबै दलको समर्थन रहने विश्वास छ।

उनले नेपाल कांग्रेस, माओवादी केन्द्र, एमाले लगायतका दलका नेता तथा कार्यकर्ताले आफ्नो अनशनमा समर्थन जनाउने उल्लेख गरे। पत्रकार सम्मेलनमा कांग्रेसका नगरसभापति र जिल्ला उपसभापति समेत उपस्थित थिए। कार्कीले आफ्नो अनशनमा सामाजिक अभियन्ताहरूले पनि साथ दिने जानकारी दिए।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विभिन्न ९ माग राख्दै ४८ घण्टाको अल्टिमेटम दिएका केदार कार्कीले ती माग पूरा नभएपछि आमरण अनशन सुरु गर्ने चेतावनी दिएका थिए। उनका मागहरूमा बालबालिकाको निःशुल्क स्वास्थ्य सेवा, महिला स्वास्थ्य स्वयंसेविकाको प्रोत्साहन भत्ता, कृषिक्षेत्रमा छात्रवृत्ति, शैलजा आचार्य हृदयरोग उपचार केन्द्रको सञ्चालन, सुनसरी–मोरङ केसलिया करिडोरको विकासमा पर्याप्त बजेट लगायतका विषय समेटिएका छन्।

उनले एमाले-माओवादी गठबन्धन सरकारको बजेटमा जनहितकारी कार्यक्रमहरूमा कटौती भएको आरोप समेत लगाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]