वीपीको सिद्धान्त छाडेकै कारण कांग्रेस कमजोर भएको नेता आचार्यको भनाइ

Logo
ग्रामीण पत्रिका प्रकाशित सोमबार, भाद्र २४, २०८१

विराटनगर/ नेपाली कांग्रेसका नेता महेश आचार्यले वीपी कोइरालाको आदर्श र सिद्धान्त छाडेकै कारण नेपाली कांग्रेस कमजोर हुँदै गएको बताउनुभएको छ। सोमबार नेपाली कांग्रेस मोरङले वीपी कोइरालाको १११ औं जन्मजयन्तीको अवसरमा आयोजना गरेको विचार गोष्ठीमा सम्बोधन गर्दै नेता आचार्यले कांग्रेस अहिले इतिहासकै सबैभन्दा कठिन मोडबाट अगाडि बढिरहेको बताउनुभयो।

नेता आचार्यले पार्टीभित्रको गुटबन्दी र उपगुटको कारण कांग्रेस कमजोर बनेको भन्दै पार्टीमा रुपान्तरण आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले निर्वाचनमा गठबन्धनको विरोध गर्दै, गठबन्धनले पार्टीलाई कमजोर बनाएको र कार्यकर्तामा निराशा पैदा भएको बताउनुभयो। “गठबन्धन गर्दा कांग्रेसको वर्तमान स्थिति कसरी भएको छ, यो अब भन्नु पर्दैन,” आचार्यले भन्नुभयो।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले कांग्रेस एकढिक्का भएमा कुनै पनि पार्टीले निर्वाचनमा पराजित गर्न नसक्ने बताउनुभयो। उहाँले कांग्रेस आफैंसंग लडिरहेको भन्दै दुःख व्यक्त गर्नुभयो।

सोही कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो योजनामा पार्टीको सहयोग नपाएको गुनासो गर्नुभयो।

कार्यक्रममा अन्य वक्ताहरूले पनि वीपी कोइरालाको आदर्श र सिद्धान्त आत्मसात् गरे मात्र देश समृद्ध हुने विचार व्यक्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]