अङ्गिका भाषाको पहिलो कर्तव्य आर संघर्ष फिल्म ट्रेलर म्यूजिक लन्च

Logo
ग्रामीण सहकर्मी / विराटनगर प्रकाशित मंगलबार, भाद्र २५, २०८१

कटहरी / अङ्गिका भाषाको पहिलो कर्तव्य आर संघर्ष फिल्म ट्रेलर म्यूजिक लन्च आर सम्मान कार्यक्रम कटहरीमा भएको छ । हिजो जीवन विकास समाज कटहरीको सभाहलमा एक औपचारिक कार्यक्रम गरि उदघाटन गरियो ।

 

मोरङ क्षेत्र नम्बर ५ का संघिय सांसद योगेन्द्र मण्डल ( योगि ) ले ब्यानर पढि सो कार्यक्रम उदघाटन गरिएको हो ।विशेष गरि गनगाई, मण्डलको परम्परागत संस्कार र सांस्कृतिक सम्पदा जगेर्ना गर्ने उदेश्यले सो फिल्म बनाएको निर्देशक सन्तोष सरकारले बताए निर्देशक सन्तोष सरकार, निर्माता जीवन विकास समाजको संयुक्त प्रयासमा सो अङ्गिका भाषिक फिल्म औपचारिक रुपले जीवन विकास समाज कटहरी, मोरङ को सभाहलमा सम्पन्न गरियो । गणपति म्यूजिक प्रा.लि को प्रस्तुति गन्गाई लोक संस्कृतिमा आधारीत सो अङ्गिका भाषामा पहिलो पटक फिल्म बनेको निर्देशक सन्तोष सरकारले बताए ।धनपालथान गाउँपालिका अध्यक्ष जिवच्छ प्रसाद गच्छदार इतिहास सङ जोडिएर बनाएको यस अङ्गीका भाषाको फिल्म सबैले हेर्नुपर्ने बताए । अङ्गिका भाषा गन्गाइ, मण्डल मात्रै होइन अरु जातिको पनि भाषा रहेको बताए । जहदा गाउँपालिका अध्यक्ष जितेन्द्र प्रसाद साह जातीय तथा सामुदायिक फिल्म बनाउदा जहदा गाउँपालिका हरबखत सहयोग गर्ने बताउदै जातिय कला संस्कृति भाषा र आफनोे परम्परागत संस्कार यसरीनै बचाउन सकिन्छ उहाँको भनाइ रहेको छ ।आउदो असोज १२ गते शनिवार ८ः३० मिनेटमा सिटि सिनेमा तिनपैनी विराटनगरमा पहिलो प्रिमियर सो हुने बताए । कर्यक्रममा पुर्व उपप्रधानमन्त्री बद्री मण्डल, कोशी प्रदेश सांसद गयानन्द मण्डल तथा मण्डल, गनगाई समाजका समाजसेवि, वुद्घिजिवि, शिक्षक लगायत स्थानिय वासिको पनि बाक्लो उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]