दुहबीमा ट्राफिकको ट्राफिक सचेतता कार्यक्रममा सकृयता बढाउदै

Logo
चन्दन रौनियार / सुनसरी प्रकाशित मंगलबार, भाद्र २५, २०८१

दुहबी / सुनसरीको दुहबीमा रहेको ट्राफिक पोस्टले दुहबी बजार एरिया इलाकाको बिभिन्न ठाउँहरुमा अाफ्नो सकृयता बढाएको छ ।

दुहबीमा एकदमै ट्राफिक जाम संगै दुर्घटना हुने भएकोले गर्दा दुहबी पोस्टले हरेक गतिविधिमा जनचेतनामूलक कार्यक्रम लगायतका कार्यक्रमहरु गरदै अाएका छन ।जस्तै बजार एरियाका बिभिन्न ठाउँमा ट्राफिक जनचेतनामूलक हुडिङ बोर्ड ,अबेबस्थित पार्किङ गरेको सवारीसाधनहरु लाई हुइललंक लगाउने सामुदायिक बिधालय तथा निजि बिधालयहरुमा गएर ट्राफिक जनचेतनामूलक सन्देश तथा बिधार्थीहरुलाई जेब्राक्रसिङ बिषयमा क्लास लिने गरेको छ।

ट्राफिक प्रहरी दुहबीले सवारी चालक तथा पैदल यात्रीलाई लक्षित गर्दै दुर्घटना न्यूनीकरण सम्बन्धि सचेतना कार्यक्रम गरेको छ ।

“हर पहर गाउँ र नगरी, गाउँ गाउँमा ट्राफिक प्रहरी” मूल नाराका साथ कोशी राजमार्ग अन्तरगत सुनसरीको दुहबी सड्क खण्डमा गुड्ने सिटी सफारी ,मेजिक ,ट्रक बसहरुको चालकहरुलाई दुर्घटना न्युनिकरण सम्बन्धि तथा सचेतनामुलक कार्यक्रम, ट्राफिक चेकिङको महत्त्व सम्बन्धि सचेतना दिनुका साथै चालक, सहचालक साथै सर्वसाधरण पैदलयात्री तथा सवारी चालकलाई ट्राफिक शिक्षा प्रदान गरेको थियो ।

ट्राफिक प्रहरीले संचालन गरेको उक्त ट्राफिक सचेतना कार्यक्रमले ट्राफिक व्यवस्थापनमा सहज हुने तथा दूर्घट्नामा कमि ल्याउने दुहबी ट्राफिकका सई चन्द्र कुमार (फाजु) श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]