मोरङको हसन्दहमा ८० किलो अवैध माछा नष्ट

Logo
ग्रामीण पत्रिका प्रकाशित मंगलबार, भाद्र २५, २०८१

विराटनगर/मोरङ जिल्लाको हसन्दहमा प्रहरीले करिब ८० किलो अवैध माछा बरामद गरी नष्ट गरेको छ। भारतको सिक्टिबाट अवैध रूपमा भित्र्याइएको माछा भारतीय नागरिक शाहनवाज मियाँले ल्याएका थिए।

 

हसन्दहको अस्थायी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बालकृष्ण निरौलाको नेतृत्वमा रहेको टोलीले सोमबार बिहान ४ बजे मियाँलाई भारतीय नम्बर प्लेटको मोटरसाइकल (BR 38 A 9934) मा अवैध माछा लिएर पथरी तर्फ जाँदै गर्दा पक्राउ गरेको हो।

 

प्रहरीले मियाँको साथबाट ५० किलो प्रतिबन्धित मुङ्ग्री प्रजातिको माछा र ३० किलो जलकपुर प्रजातिको माछा बरामद गरेको छ। बरामद गरिएको माछा स्थानीय जनप्रतिनिधि र सञ्चारकर्मीहरूको रोहबरमा नष्ट गरिएको छ।

 

शाहनवाज मियाँ र मोटरसाइकल हाल प्रहरी नियन्त्रणमा रहेका छन् भने प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]