विराटनगरमा वैदेही जानकुञ्ज कलेजद्वारा बीबीए र बीएस्सी सीएसआईटी संचालन

Logo
ग्रामीण पत्रिका प्रकाशित मंगलबार, भाद्र २५, २०८१

विराटनगर / वैदेही जानकुञ्ज कलेज (भीजी कलेज) ले विराटनगरमा बीबीए र बीएस्सी सीएसआईटी कार्यक्रम संचालनमा ल्याएको छ। कलेज प्रमुख ए. के. दासले नेपाल पत्रकार महासंघको सभा हलमा आयोजित पत्रकार सम्मेलनमा कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्न सदैव अग्रणी भूमिका निर्वाह गर्ने बताए। उनले विद्यार्थीहरूको उज्ज्वल भविष्य सुनिश्चित गर्न यस कदमलाई महत्वपूर्ण भएको उल्लेख गर्दै व्यावसायिक र प्रविधिमूलक क्षेत्रमा विद्यार्थीहरूलाई उत्कृष्ट बनाउन प्रतिबद्ध रहेको बताए।

पत्रकार सम्मेलनमा कलेज व्यवस्थापन समितिका अध्यक्ष डा. भविश्य मिश्राले नयाँ पहलले विराटनगरको शैक्षिक प्रतिष्ठानहरूमा नयाँ उचाइ थप्ने र यसले क्षेत्रीय विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्राप्त गर्ने अवसर प्रदान गर्ने बताए।

सीएसआईटी विभाग प्रमुख कश्यव रायमाझीले भने, “यो कार्यक्रमले विद्यार्थीहरूलाई सूचना प्रविधिको क्षेत्रमा अत्याधुनिक ज्ञान र सीप प्रदान गर्नेछ। हाम्रो उद्देश्य विद्यार्थीहरूलाई प्रविधिमा दख्खल बनाउनु र भविष्यका चुनौतीहरू सामना गर्न तयार बनाउनु हो।”

महेंद्र चौकमा अवस्थित कलेजले प्रारम्भिक चरणमा ४० जना विद्यार्थीलाई अध्ययन गराउने छ, जहाँ प्रति विद्यार्थी करिब ४ लाख खर्च लाग्ने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]