नेपाल खेलकुद महासंघ दुहवी नगर कमिटीमा राई

Logo
ग्रामीण सहकर्मी / विराटनगर प्रकाशित मंगलबार, भाद्र २५, २०८१

विराटनगर / नेपाल खेलकुद महासंघ दुहवी नगर कमिटीको अध्यक्षमा धिरज राई निर्वाचित हुनुभएको छ । आज दुहवीमा सम्पन्न नगर कमिटीको दोस्रो अधिवेशनबाट राई अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

२२ सदस्यीय नगर कमिटीको उपाध्यक्षमा सहवाज आलम र रचना राई , सचिवमा अनुज कट्वाल , उपसचिवमा आशु मण्डल र अनिता राई र कोषाध्यक्षमा आशिष कुमार तब्दार निर्वाचित हुनुभएको हो ।

दोस्रो नगर अधिवेशको उद्धाटन गर्दै नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष तथा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेतले खेलकुद क्षेत्र नेपाललाई विश्व माझ चिनाउने शसक्त माध्यम भएको बताउनु भएको थियो । बस्नेतले राज्यले खेलकुदलाई ‘ सफ्ट पावर ‘का रूपमा लगानी गर्दै अघि बढाउने गरि नीति निर्माणमा लाग्नु पर्नेमा जोड दिनु भएको थियो ।

बस्नेतलाई निर्वाचित कमिटीलाई महासंघको केन्द्रीय नीति ‘ एक कमिटी , एक खेलकुद गतिविधि ‘ , ‘ एक कमिटी , एक रचानात्मक गतिविधि ‘ लाई अनुसरण गर्दै कार्यक्रम गर्न शुभकामना समेत व्यक्त गर्नु भएको थियो ।

दोस्रो नगर अधिवेशनमा नेकपा एमाले दुहवी नगर अध्यक्ष मुस्ताकिम , महासंघका केन्द्रीय सचिव तथा कोशी प्रदेश इञ्चार्ज विप्लव घोष , स्थायी कमिटी सदस्य तथा दुहवी इञ्चार्ज सन्तोषी श्रेष्ठ , महासंघ सुनसरी अध्यक्ष विकल पौडल लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]