पूर्वमुख्यमन्त्री कार्कीको अनशनमा प्रहरी हस्तक्षेप, स्थिति तनावग्रस्त

Logo
सरिता कर्मकार प्रकाशित मंगलबार, भाद्र २५, २०८१

विराटनगर/कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई प्रहरीले विराटनगरस्थित अनशन स्थलबाट नियन्त्रणमा लिएको छ। कार्कीले मंगलबार दिउँसोदेखि कोशी प्रदेशसभा सचिवालय नजिकको वनसखण्डी मन्दिरअगाडि आमरण अनशन सुरु गरेका थिए।

 

जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशसभा भवन र प्रदेश सरकारका कार्यालय आसपास क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो। प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले निषेधाज्ञा लागू गरे पनि कार्कीले सोही क्षेत्रमा अनशन थालेपछि प्रहरीले हस्तक्षेप गरेको हो।

कार्कीको समर्थनमा रहेका काँग्रेस नेता तथा कार्यकर्ताहरूले प्रहरीको कारबाहीको विरोध गरेका थिए। झडपका क्रममा कार्कीका समर्थकले ढुंगामुढा प्रहार गरेका थिए भने प्रहरीले लाठी चार्ज गरेको थियो। झडपमा केही व्यक्ति घाइते भएको र नियन्त्रणमा लिइएको भए पनि यकिन संख्या खुलाइएको छैन।

कार्कीले कोशी सरकारले बालबालिका, गरिब विद्यार्थी, महिला स्वयंसेविका, र सुकुम्बासीहरूलाई दिएको सहयोग कटौती गरेको भन्दै विरोधस्वरूप अनशन सुरु गरेका थिए। प्रहरीले कार्कीलाई मोरङको बुढीगंगा गाउँपालिका-२ स्थित उनको निवासमा पुर्‍याएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]