पूर्वमुख्यमन्त्री केदार कार्की फेरि अनशनमा, निषेधाज्ञाका बाबजुद आन्दोलन जारी

Logo
सरिता कर्मकार प्रकाशित मंगलबार, भाद्र २५, २०८१

विराटनगर/ कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले पुनः आमरण अनशन सुरु गरेका छन्। मंगलबार बेलुका प्रहरीले अनशन स्थलबाट हस्तक्षेप गरी उनलाई नियन्त्रणमा लिएर निवासमा छाडेपछि कार्की फेरि अनशनमा फर्किएका हुन्। उनले कोसी प्रदेशसभा सचिवालय पूर्वपट्टिको वनसखण्डी मन्दिर अगाडि अनशन थालेका थिए।

साँझ निषेधित क्षेत्रभित्र अनशन बसेको भन्दै प्रहरीले हस्तक्षेप गरेको थियो। कार्कीका समर्थक र प्रहरीबीच झडप भएको र मोरङ प्रहरीका एसपी नवराज कार्की नेतृत्वको टोलीले केहीलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले कार्कीलाई निवास टंकीसिनवारीमा छाडेपनि उनी आफ्ना सहयोगीसहित पुनः अनशन स्थलमा फर्किएर आन्दोलन जारी राखेका छन्।

 

पूर्वमुख्यमन्त्री कार्कीले कोशी सरकारका जनपक्षीय कार्यक्रमहरू कटौती गरेको र नेताहरूलाई फाइदा हुने गरी वितरणमुखी कार्यक्रम ल्याएको आरोप लगाउँदै अनशन सुरु गरेका हुन्। उनका अनुसार १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार, गरिब जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति, महिला स्वयंसेविकाको प्रोत्साहन भत्ता, सुकुम्वासीलाई जग्गा खरिदमा दिने बैंक ब्याज अनुदानजस्ता योजनाहरू बजेटबाट हटाइएको छ। यस्तै, शैलजा आचार्य हृदय रोग केन्द्र र केशलिया करिडोरको बजेटसमेत कटौती गरिएको छ।

कार्कीको अनशनका कारण मोरङ जिल्ला प्रशासनले प्रदेशसभा र प्रदेश सरकारका कार्यालय वरपरका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले स्थानीय प्रशासन ऐन, २०२८ अनुसार निषेधाज्ञा जारी गरिएको जानकारी दिएका छन्। निषेधाज्ञा पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोसी अस्पताल क्षेत्र, दक्षिणमा जतुवा चोक र मुख्यमन्त्री निवास वरपर ३०० मिटर क्षेत्रसम्म लागू गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]