कोशी प्रदेश खेलकुद विकास बोर्डको कार्यालय भवन स्थानान्तरण

Logo
ग्रामीण सहकर्मी / विराटनगर प्रकाशित बुधबार, भाद्र २६, २०८१

विराटनगर / कोशी प्रदेश खेलकुद बिकास बोर्डको कार्यालय भवन स्थानान्तरण गरिएको छ । आज खेलकुद बिकास बोर्डको नयाँ कार्यालय भवनको विधिवत उद्घाटन गरी कार्यालय भवन स्थानान्तरण गरिएको हो ।

कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा खेलकुद विकास बोर्डका अध्यक्ष पाँचकर्ण राईले कार्यालयको उद्घाटन गर्नु भएको हो ।

मन्त्री राईले भवन उद्घाटन गर्दै बोर्डका सदस्य सचिव तथा बोर्ड सदस्यहरू र कर्मचारीको पहलले बोर्ड नयाँ भवनमा स्थानान्तरण गर्न सकिएको बताउनु भयो ।

राईले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी नयाँ भवनबाट सञ्चालन गर्ने बताउनु भयो ।

खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत(पर्शुराम) ले बोर्डले नयाँ भवनबाट सेवा प्रवाह गर्ने बताउनु भयो ।

बस्नेतले बोर्डका अध्यक्ष तथा प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको साथ र सहयोगले नयाँ भवनमा कार्यालय स्थानान्तरण गर्न सफल भएको बताउनु भयो ।

यसअघि विराटनगर महानगरपालिका शनिहाटस्थित रहेको भाडाँको भवनबाट कार्यालय हाल विराटनगरस्थित नापी कार्यालय अगाडि रहेको मोरङ जिल्ला खेलकुद विकास समितिको साविकको कार्यालयमा स्थानान्तरण गरिएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]