मिथिलाके बेटी भाग २’ को विमोचन हुने तयारी

Logo
ग्रामीण पत्रिका प्रकाशित बुधबार, भाद्र २६, २०८१

सुनसरी/  मैथिली र मधेसी समुदायको जनजीवन तथा छोरी-चेलीहरूले भोग्दै आएको पीडालाई चित्रित गर्दै तयार पारिएको मैथिली गीत **’मिथिलाके बेटी भाग २’** को भदौ २८ गते सुनसरी सदरमुकाम इनरुवामा विमोचन हुँदैछ। बलाकार तथा साहित्यकार झोटन मेहताको रचना रहेको यस गीतलाई मैथिली संगीत क्षेत्रका चर्चित कलाकारहरूको सहभागितामा प्रस्तुत गरिएको छ।

 

गीतमा झोटन मेहताको रचना, हरुन रसिदको संगीत, बिरेन्द्र झा र माला राजबंसीको गायन रहेको छ। समाजसेवाका रूपमा कला र संगीतलाई प्रस्तुत गर्दै कलाकार रविना बिक, विजय माली, रञ्जित गुप्ता, अनिता मेहता, राज सिंह, पवन भौर, राधा चौधरी लगायतका कलाकारहरूले अभिनय गरेका छन्। क्यामेरामा सुजित शाह, कलरमा रेनु चौधरी, र सम्पादनमा पर्शुराम चौधरीले बहुभाषिक कलाकारहरूको अभिनयलाई कुशलतापूर्वक चित्रण गरेका छन्।

 

**’मिथिलाके बेटी भाग २’** विशेष गरी छोरीमाथि हुने अन्याय र अत्याचारको विषयलाई उजागर गर्न निर्माण गरिएको हो। यस अवसरमा सम्मानित कोशी प्रदेश प्रहरी अस्पताल प्रमुख डा. सरोज सिंहलाई कदर सम्मान प्रदान गरिनेछ भने गीतका कलाकार तथा मोडलहरूलाई समेत सम्मान गरिने भएको छ। साथै, पत्रकार देवराज यादव र जयकृष्ण यादवलाई पनि सम्मानित गर्ने जानकारी अपन स्वर्ग नेपालका अध्यक्ष झोटन मेहताले दिएका छन्।

 

यस गीतको निर्माणमा बहुभाषिक चलचित्र महासंघले प्राविधिक सहयोग पुर्याएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]