पूर्व मुख्यमन्त्री केदार कार्कीले अनसन तोडे, प्रदेश सरकारसँग सहमति

Logo
ग्रामीण पत्रिका प्रकाशित बुधबार, भाद्र २६, २०८१

विराटनगर /कोशी प्रदेश सरकारसमक्ष विभिन्न माग राख्दै अनसन बसेका पूर्व मुख्यमन्त्री केदार कार्कीले आज राति आफ्नो अनसन तोडेका छन्। अनसनरत पक्ष र सरकारका प्रतिनिधिबीच सहमति जुटेपछि कार्कीले राति करिब ९:३० बजे नवजात शिशुको हातबाट पानी पिएर अनसन तोडे।

अनसन तोड्नका लागि कांग्रेस नेतृ निर्मला शर्माका ४२ दिनका छोरा शिवशंकरलाई अनसन स्थल देवकोटा चोकमा ल्याइएको थियो। सहमतिपछि कार्कीलाई शिवशंकरले जुस खुवाए। प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लीला बल्लभ अधिकारी र पूर्व मुख्यमन्त्री कार्कीले सहमतिपत्रमा हस्ताक्षर गरेर अनसन तोडेका हुन्।

सहमति कार्यक्रममा कांग्रेस संसदीय दलका नेता उद्धव थापा, प्रमुख सचेतक गोपाल तामाङ र मोरङ कार्यभाग सभापति भक्तिनाथ माझीको रोहबरमा सहमति भएको हो। कार्कीले उठाएका कतिपय मागहरू सरकारले २०८०/८१ को बजेटमा समावेश गरेर रकम विनियोजन गरिसकेकाले ती मागहरूलाई तत्काल कार्यान्वयन गरिने सहमति भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

ग्रामीण साप्ताहिक पत्रिका दर्ता नं. २८०

सुचना तथा प्रसारण विभाग दर्ता नं.

प्रेस काउन्सिल नेपाल सुचिकरण नं.

हाम्रो टीम

निर्देशक ः संजय कुमार राजवंशी
सम्पादक ः अनिल राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय :- कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]