कोशी प्रदेशमा पहिलो पटक ४ दिने कृषि एक्स्पो सुरु

Logo
ग्रामीण पत्रिका प्रकाशित बिहिबार, भाद्र २७, २०८१

विराटनगर/मोरङ जिल्लाको कटहरी गाउँपालिकामा बिहीबारदेखि पहिलो पटक ४ दिने कृषि एक्स्पो सुरु भएको छ। निजी क्षेत्र नेपाल उद्योग वाणिज्य महासंघको कोशी प्रदेश समितिले आयोजना गरेको यस एक्स्पो नेपाल र भारतका १ सय ३० वटा स्टलसहित सुरु भएको हो।

 

एक्स्पोमा जुम्लाको मार्सी चामल, विभिन्न प्रकारका दाल, स्याउ, झापाको गाउँले र नमुना अचार, पाँचथरको काँकरा र किबीको जुस जस्ता कृषि सामग्री बिक्रीमा राखिएका छन्। यसका साथै नेपाल र भारतका १५ जना कृषि विज्ञहरूले कृषकहरूसँग संवाद र छलफल गर्दैछन्।

 

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रमुख अतिथिको रूपमा र संघीय सरकारका कृषि मन्त्री रामनाथ अधिकारीले विशिष्ट अतिथिको रूपमा एक्स्पोको उद्‌घाटन गरेका हुन्। नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउतले हरेक वर्ष कृषि एक्स्पोलाई निरन्तरता दिने घोषणा गरेका छन्। यो एक्स्पो आगामी आइतबारसम्म चल्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]