पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको कृषि एक्स्पो २०८१ अवलोकन

Logo
ग्रामीण पत्रिका प्रकाशित बिहिबार, भाद्र २७, २०८१

विराटनगर/मोरङ जिल्लाको कटहरी गाउँपालिकामा आयोजित कृषि एक्स्पो २०८१ को पहिलो दिन बिहीबार नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एक्स्पोको अवलोकन गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघको कोशी प्रदेश समितिले आयोजना गरेको यस एक्स्पोमा नेपालले नेपाल र भारतका १ सय ३० वटा स्टलको निरीक्षण गरेका थिए।

पूर्व प्रधानमन्त्री नेपालसँगै पार्टीका उपमहासचिव एवं कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राई र पार्टीका केन्द्रिय सदस्य ओसिम आलम पनि सहभागी थिए। सोही दिन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र संघीय कृषि मन्त्री रामनाथ अधिकारीले एक्स्पोको उद्‌घाटन गरेका थिए। कृषि एक्स्पो २०८१, भाद्र २७ देखि ३० गतेसम्म सञ्चालनमा रहने छ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]