विराटनगरमा वीपी कोइराला जन्मजयन्तीको अवसरमा टेबलटेनिस प्रतियोगिता सुरु

Logo
ग्रामीण पत्रिका प्रकाशित बिहिबार, भाद्र २७, २०८१

विराटनगर /महामानव वीपी कोइरालाको १११ औं जन्मजयन्तीका अवसरमा विराटनगरमा टेबलटेनिस प्रतियोगिता सुरु भएको छ ।

नेपाली कांग्रेस मोरङ खेलकुद तथा युवा विभागको आयोजनामा सुरु भएको प्रतियोगिताको मोरङ कांग्रेसको उपसभापतिसमेत रहनुभएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले खेलकुदका माध्यमबाट मुलुकको नाम र पहिचान अन्तर्राष्ट्रियस्तरसम्म फैलाउन सकिने विचार राख्नुभयो । उहाँले आणविक र आर्थिक रुपमा जस्तोसुकै मुलुकलाई खेलकुदका माध्यमबाट परास्त गर्न सकिने दाबी गर्नुभयो । ‘आर्थिक र आणविक हतियारमा कमजोर मुलुकले पनि खेलकुदबाट शक्तिशाली मुलुकलाई परास्त गर्न सकिन्छ,’ उहाँले भन्नुभयो, ‘हिजोअस्ति पेरिस पाराओलम्पिकमा नेपाली खेलाडी प्रलेशा गोवद्र्धनले जितेर नेपालको इज्जत राख्नुभएको छ । मेहनत र लगनशीलता भए अन्तर्राष्ट्रिय प्रतियोगितामा विजयी हुन सकिन्छ । देशको नाम राख्न सकिन्छ र आर्थिक रुपमा पनि मजबुत हुन सकिन्छ ।’

 

उहाँले विराटनगर महानगरपालिकाले पनि खेलकुदलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिनुभयो । मेयर कोइरालाले पाठ्यक्रमको अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिन विद्यार्थीहरूलाई आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेस मोरङकी कोषाध्यक्ष रञ्जु अधिकारी, नेपाल लोकतान्त्रिक खेलकुद संघ कोशी प्रदेश अध्यक्ष वसन्त अर्याल, नेपाल टेबलटेनिस संघका केन्द्रीय उपाध्यक्ष अनुज बानिया, मोरङ कांग्रेसको खेलकुद तथा युवा विभागका संयोजक प्रकाश दाहाल, नेपाल सुटिङ संघका प्रदेश अध्यक्ष नविन रेग्मीलगायतले विद्यालयस्तरदेखि नै खेलकुदको विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

 

दुईदिनसम्म सञ्चालन हुने प्रतियोगितामा सामुदायिक तथा संस्थागत १८ विद्यालयका १४० जना खेलाडीले सहभागिता जनाएका छन् । ६ वटा इभेन्टमा जारी प्रतियोगिताका विजेतालाई शुक्रबार एक समारोहका बीच पुरस्कार र प्रमाणपत्र वितरण गरिने विभागका संयोजक दाहालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]