प्राथमिक उपचार दिवसको अवसरमा रोट्रयाक्ट क्लबद्वारा कार्यशाला सम्पन्न

Logo
ग्रामीण पत्रिका प्रकाशित बिहिबार, भाद्र २७, २०८१

विराटनगर /प्राथमिक उपचार दिवसका अवसरमा रोट्रयाक्क क्लब अफ विराटनगर सेन्ट्रलले कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।

 

विराटनगर महानगरपालिकाको सभाहलमा आयोजित प्राथमिक उपचार कार्यशालाको मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । विराटनगरका आदर्श, सरस्वती र महेन्द्र माविका विद्यार्थीलाई सहभागी गराएर आयोजना गरेको कार्यशालामा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजीव श्रेष्ठ, डा. रोशन खड्का, डा. राजन राई र स्वास्थ्यकर्मी गजेन्द्र यादवले विद्यार्थीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

उहाँहरुले पानीमा डुब्दा, सर्पले टोक्दा, आगोले पोल्दा, दुर्घटनामा परी घाइते र हृदयघात हुँदालगायतका अवस्थामा तत्कालै कसरी प्राथमिक उपचार गर्ने भन्ने विषयमा जानकारी गराउनुभएको थियो । प्रमुख वक्ता डा. श्रेष्ठले तत्कालै चिकित्सक उपलब्ध नहुने भएकाले अस्पताल पुग्नुअघि समयमै सही किसिमले प्राथमिक उपचार भयो भने बिरामीको ज्यान जोगिने बताउनुभयो ।

 

कार्यक्रमलाई सम्बोधन गर्दैै मेयर कोइरालाले विद्यार्थीलाई प्राथमिक उपचारका विषयमा जानकारी दिँदा प्रभावकारी हुने बताउनुभयो । उहाँले रोट्रयाक्ट क्लबले महत्वपूर्ण कार्य गरेको उल्लेख गर्नुभयो । उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, आयोजक संस्थाका अध्यक्ष कुशल साह, कार्यक्रम संयोजक आश्रेय कोइरालालगायतले प्राथमिक उपचारका अभावमा धेरैले ज्यान गुमाउनुपरेको बताउनुभयो । सबै ठाउँमा तत्कालै डाक्टर उपलब्ध नहुने भएकाले प्राथमिक उपचारले धेरैको ज्यान बचाउन सकिने उहाँहरुको भनाइ थियो ।

कार्यशालामा तीनवटा सामुदायिक विद्यालयका साढे ३ सय विद्यार्थीको सहभागिता रहेको कार्यक्रम संयोजक आश्रेय कोइरालाले जानकारी दिनुभयो । कार्यक्रममा सहभागी सबैलाई विद्यालय र विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]