इटहरीमा पहिलो पटक अन्तर बोर्डिङ स्तरिय फुटबल प्रतियोगिता: राज मेहता द्धारा महत्वपूर्ण सहयोग

Logo
ग्रामीण पत्रिका प्रकाशित शनिबार, भाद्र २९, २०८१

विराटनगर/इटहरीमा पहिलो पटक अन्तर बोर्डिङ स्तरिय फुटबल प्रतियोगिता आयोजना गरिएको छ । यो प्रतियोगिता “पर्वत फिल्ड डुमरतक्का” मैदानमा भाद्र २२ बाट सुरु भएको हो भने असोज ३ गते समापन हुने छ।

चलचित्र क्षेत्रका उदयमान कलाकार, समाजसेवी, युवा व्यावसायिक, युवा नेता, र खेलकुद प्रेमीहरूको सक्रिय सहयोगका साथ सम्पन्न हुने यस प्रतियोगितामा राज मेहता ज्यु विशेष सहयोग प्रदान गर्दै हुनुहुन्छ।

राज मेहता ज्युले खेलको सम्पूर्ण आयोजना र प्रायोजनमा महत्वपूर्ण भूमिका निभाएका छन्। उहाँको सहयोगले खेलको स्तरलाई उचाइमा पुर्याउने अपेक्षा गरिएको छ। आयोजकहरुले प्रतियोगितामा सबैलाई सहभागी भएर खेल्न र जित्नको लागि निमन्त्रणा दिएका छन्।

“सँगै खेलौं, सँगै जितौं!” भन्ने मन्त्रका साथ, यो प्रतियोगिता खेलकुद र फुटबलको प्रोत्साहनमा महत्त्वपूर्ण कदम हो।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]