सप्तरीको भारदहमा माइक्रोबस ठक्करबाट बालकको मृत्यु, स्थानीयद्वारा सडक अवरुद्ध

Logo
ग्रामीण पत्रिका प्रकाशित आइतबार, भाद्र ३०, २०८१

सप्तरी / सप्तरीको हनुमानगर कंकालनी नगरपालिका वडा नं. १, भारदहमा माइक्रोबसको ठक्करबाट १५ महिने बालक आदर्श अधिकारीको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेका छन्। राजविराजबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–००२–००१ज ३८६६ नम्बरको माइक्रोबसले आदर्शलाई ठक्कर दिएपछि गम्भीर घाइते भएका बालकको उपचारको क्रममा विराटनगरमा मृत्यु भएको हो।

दुर्घटनापछि आक्रोशित स्थानीयले सडकमा टायर बालेर विरोध प्रदर्शन गरेका छन्। मृतक बालकका आफन्त र स्थानीयहरुले ठक्कर दिने सवारीलाई सप्तरीमा ल्याउनुपर्ने, चालकलाई ज्यान मार्ने मुद्दा चलाउनु पर्ने, तथा पीडित परिवारलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन्।

त्यसैगरी, स्थानीयहरुले कोशी ब्यरेजदेखि मोहली पुलसम्म गाडीको गति सीमित गर्ने, टाइम कार्ड लागू गर्ने, र जेब्रा क्रस बनाउने माग गरेका छन्। कंकालनी मन्दिर क्षेत्रभित्र प्रहरी बिट निर्माणको माग पनि उठाइएको छ।

 

सप्तरी प्रहरीले स्थानीय मागहरू सम्बोधन गरी सहमतिको प्रयासपछि सडक अवरोध खुलाइएको जानकारी दिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]