कृषि एक्स्पो मेलमा १ लाख भन्दा बढिले मेला अवलोकन

Logo
ग्रामीण सहकर्मी / विराटनगर प्रकाशित सोमबार, भाद्र ३१, २०८१

विराटनगर / नेपाल उद्मोग वाण्ज्यि महासंघले कोशी प्रदेशमा आयोजना गरेको पहिलो कृषि एक्स्पो हिजो समापन गरिएको छ । सो कृषि एक्स्पो कटहरी वडा नम्बर १ मा रहेको कृषि थोक तरकारी बजारमा ४ दिन सञ्चालन गरिएको सो मेलमा १ लाख भन्दा बढिले मेला अवलोकन गरिएका छन् ।

२०८१ भाद्र २७ देखि ३० गतेसम्म आयोजना गरिएको कृषि एक्स्पोको कोशी प्रदेश प्रदेश र मधेश प्रदेश सहित भारतका कृषि विज्ञ र किसानले अवलोकन गरेका थिए । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष एवं उद्योगी राजेन्द्र राउतले चार दिने कृषि एक्स्पोमा १ लाख भन्दा बढी अवलोकन गरेको सो कार्यक्रममा बताए ।

सो कृषि एक्स्पो कोशी प्रदेश लगायत अन्य प्रदेश बाट आएका विभिन्न कृषि सहकारी तथा कृषि फर्महरुको सहभागिता रहेको एक मेला अवलोकन कर्ताले बताए । करिब आठ सय भन्दा बढि किसान समूहले कृषि एक्स्पोको अवलोकन गरेको र कृषि एक्स्पोको अवलोकन गर्न आउने सबै किसानलाई खाना खुवाइएर पठाइएको छ ।

कृषि एक्स्पोमा नेपाल र भारत गरी १ सय ३० भन्दा बढि स्टल रहेका थिए । महासंघले कृषि एक्स्पोमा सहभागि उत्कृष्ट कृषि स्टललाई आइतबार समापन समारोहमा प्रशंसापत्र प्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]