बालदिवस २०८१ को उपलक्ष्यमा सुनवर्षी नगरपालिका अन्डर-१४ टोलीको विजयी सम्मान समारोह

Logo
ग्रामीण पत्रिका प्रकाशित मंगलबार, आश्विन ०१, २०८१

सुनबर्षी /बालदिवस २०८१ को अवसरमा बेलवारीमा आयोजित अन्डर-१४ फुटबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विजयी बन्न सफल सुनवर्षी नगरपालिका टोलीलाई बधाईको ओहिरो लागेको छ। प्रतियोगितामा सहभागी १६ उत्कृष्ट टोलीलाई पाखा लगाउँदै सुनवर्षीका खेलाडीहरूले जित हात पारेका हुन्।

 

यस विजयी उपलब्धिलाई सम्मान गर्नको लागि सुनवर्षी नगरपालिका वडा नं. २ ले खेलाडी भाइहरूलाई भोलि, मिति २०८१ असोज २ गते, समय ११ बजे वडा कार्यालयमा विशेष सम्मान कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ।

वडा अध्यक्ष श्री बिनोद राजबन्शीका अनुसार, उक्त सम्मान कार्यक्रममा खेलाडी भाइहरूको हौसला बढाउन तथा उनीहरूलाई प्रोत्साहन प्रदान गर्न वडा कार्यालयले विशेष पहल गरेको छ। यो सम्मानले खेलाडीहरूको भविष्यमा थप उत्कृष्ट प्रदर्शन गर्न प्रेरणा दिने विश्वास व्यक्त गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]