कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज दोस्रो पटक विश्वासको मत लिँदै

Logo
ग्रामीण पत्रिका प्रकाशित बुधबार, आश्विन ०२, २०८१

विराटनगर/कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेश सभामा दोस्रो पटक विश्वासको मत लिने भएका छन्। आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत माग्ने कार्यक्रम छ। माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि एमाले नेतृत्वमा बनेको वर्तमान सरकारमा नेपाली कांग्रेसको सहभागिता रहेको छ।

 

मुख्यमन्त्री कार्कीलाई नेपालको संविधानको धारा १६८(५) अनुसार गत वैशाख २७ गते मुख्यमन्त्री नियुक्त गरिएको थियो। उनले पहिलो पटक वैशाख ३१ गते प्रदेश सभामा विश्वासको मत लिएका थिए। ९३ सदस्यीय कोशी प्रदेश सभामा नेकपा एमालेका ४० सांसद रहेका छन् भने कांग्रेसका ३९ सांसद छन्। यस्तै, माओवादी केन्द्रका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद रहेका छन्।

 

मुख्यमन्त्री कार्कीको नेतृत्वमा रहेको सरकारको स्थायित्व सुनिश्चित गर्न आजको विश्वासको मत निर्णायक हुनेछ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]