कोशी प्रदेशका नवनिर्वाचित संसदीय समितिका सभापतिहरूलाई मुख्यमन्त्री कार्कीद्वारा बधाई

Logo
ग्रामीण पत्रिका प्रकाशित बुधबार, आश्विन ०२, २०८१

बिराटनगर /कोशी प्रदेशका नवनिर्वाचित प्रदेश संसदीय समितिका सभापतिहरुलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बधाई ज्ञापन गर्नु भएको छ ।

लामो समयदेखि सभापति चयन हुन नसकिरहेको अवस्थामा मुख्यमन्त्री कार्कीकै पहलमा समितिका सभापतिहरु चयन भएका थिए । ७ समिति मध्ये ३ समितिमा नेपाली काँग्रेस, ३ मा नेकपा एमाले र एउटा समितिमा माओवादी केन्द्रले सभापति लिएको छ । गत २८ गते समितिको सभापतिमा निर्वाचित भएका हुन् । त्यस्तै एमालेका सचेतक ललिता चौधरीलाई उहाँले बधाई दिनुभयो । उहाँहरुलाई बधाई दिँदै मुख्यमन्त्री कार्कीले सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।

 

संसदीय समितिमा एमालेको तर्फबाट प्राकृतिक स्रोत तथा पुर्वाधार समितिमा होमबहादुर थापा, न्याय प्रशासन तथा विधायन समितिको सभापतिमा कमला दर्नाल र उद्योग, पर्यटन तथा वातावरण समितिको सभापतिमा रामदेव यादव निर्वाचित हुनु भएको छ ।

नेपाली काँग्रेसबाट सामाजिक विकास समिति सभापतिमा गयानन्द मण्डल, सुशासन तथा योजना समितिको सभापतिमा खगेश्वरी पौडेल र अर्थ समितिको सभापतिमा विनोद राई निर्वाचित हुनु भएको छ । सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा माओवादी केन्द्रबाट राजन किराँती निर्वाचित हुनु भएको छ । दलहरुबीचको सहमतिमा सबै समिति सभापतिहरु सर्वसम्मत निर्वाचित हुनु भएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]