बडी बिल्डिङ का राष्ट्रिय खेलाडी प्रकाश राईको निधन

Logo
ग्रामीण पत्रिका प्रकाशित बुधबार, आश्विन ०२, २०८१

विराटनगर/मोरङको पथरीशनिश्चरे घर भएका शारीरिक सुगठन (बडी बिल्डिङ) का राष्ट्रिय खेलाडी प्रकाश राईको निधन भएको छ । पाँचौं खुला मिस्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगिताका विजेता राईको बुधबार निधन भएको हो ।

 

मोरङको पथरीशनिश्चरे नगरपालिका–१ का राई गत शनिबार काठमाडौँको दशरथ रङ्गशालास्थित कभर्ड हलमा सम्पन्न प्रतियोगिताका विजेता थिए ।

 

काठमाडौँको टोखा नगरपालिका–६ स्थित ग्रीनल्यान्ड होटलमा बसेका उनी बिहान ६ बजेतिर अचानक लडेका थिए । उपचारका लागि ग्रान्डी अस्पताल लगिएको थियो । चिकित्सकले उनलाई मृत घोषित गरेको पारिवारिक स्रोतले जनाएको छ ।

 

उनको निधनको कारण खुलिनसकेको प्रहरीले जनाएको छ । प्रहरी वृत्त महाराजगन्जले घटनाबारे अनुसन्धान सुरु गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]