ईटहरीमा आज देखि नगर बस सञ्चालन

Logo
ग्रामीण पत्रिका प्रकाशित बुधबार, आश्विन ०२, २०८१

विराटनगर । इटहरी उपमहानगरपालिकाले बुधबारदेखि विद्युतीय नगर बस सेवा सुरू गरेको छ।

 

उपमहानगर क्षेत्रभरी सुलभ दरमा सर्वसाधारणलाई सार्वजनिक यातायात सेवा प्रदान गर्न सेवा सुरू गरेको उपमहानगरले जानकारी दिएको छ। ४ वटा बसले नगर क्षेत्रभरी बुधबार र बिहीबार निःशुल्क सेवा दिनेछन् भने शुक्रबारदेखि २० रूपैयाँ सेवा शुल्क लाग्ने मेयर हेमकर्ण पौडेलले जानकारी दिए।

 

मेयर हेमकर्ण पौडेलले बुधबार बिहान नगर बसमा चढेर बिभिन्न वडाहरू घुमेका छन्। ‘विद्युतीय बस सेवा वातावरणमैत्री, सुरक्षित, भरपर्दो, हुनेछ’, उनले भने।

 

 

‘तीस वर्षभन्दा अघिदेखि यहाँ नगरबस चलाउने योजना बन्दै थन्किँदै आएको थियो’, मेयर पौडेलले भने, ‘त्यो सपना आज पूरा भएको छ।’नगर बसलाई ठाँउ ठाँउमा सर्वसाधरणले फुल मालाले स्वागत गरेका थिए।

 

यी चार वटा बसहरू बिहान ७ बजेबाट ११ बजेसम्म र दिउँसो २ बजेदेखि बेलुकी ७ बजेसम्म नियमित सञ्चालन हुनेछन्।

 

इटहरीको नगर बसले धरान–विराटनगर सडकमा तरहरादेखि वडा नं १३ को अरिहन्त मल्टिफाइवर्ससम्म, पूर्व–पश्चिम सडकमा बुढी खोला (मिलन चोक) देखि लगुना चोक बिजुली अफिससम्म, इटहरीबाट साथी फ्यूल, वडा नं १० टावर हुँदै वडा नं ११ खेटीपुलसम्म सेवा दिनेछ।

त्यस्तै नहरको बाटो हुँदै इटहरी, इटहरीबाट तरहरा, भवानीपुर, कान्छी चोक, पकली हुँदै इटहरी, इटहरीबाट तालतलैया, त्रिभुवन चोक, देविस्थान हुँदै पुनः त्रिभुवन चोक, हवाई चोक, आँपगाछी हुँदै इटहरी , इटहरीबाट लविपुर, वडा नं १६, वडा नं १५ को चाँदवेला सीमाना हुँदै वडा नं १७ कार्यालय र कान्छी चोक हुँदै इटहरी चोक आइपुग्ने उपमहानगरले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]