मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

Logo
ग्रामीण पत्रिका प्रकाशित बुधबार, आश्विन ०२, २०८१

विराटनगर/कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दोस्रोपटक प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। ८३ जना सांसद उपस्थित रहेको प्रदेश सभामा ६६ जनाले कार्कीको पक्षमा मतदान गरेका थिए भने १५ जनाले विपक्षमा मत दिएका छन्। दुई जना सांसद भने मतदान प्रक्रियामा सहभागी भएनन्।

मुख्यमन्त्री कार्कीलाई विश्वासको मत प्राप्त गर्न आवश्यक ४७ मतभन्दा धेरै समर्थन प्राप्त भएको हो। कोशी प्रदेशको ९३ सदस्यीय प्रदेश सभामा नेकपा एमालेका ४०, नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन्। कार्की यसअघि संविधानको धारा १६८(५) अनुसार गत वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]