मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

Logo
ग्रामीण पत्रिका प्रकाशित बुधबार, आश्विन ०२, २०८१

विराटनगर/कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दोस्रोपटक प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। ८३ जना सांसद उपस्थित रहेको प्रदेश सभामा ६६ जनाले कार्कीको पक्षमा मतदान गरेका थिए भने १५ जनाले विपक्षमा मत दिएका छन्। दुई जना सांसद भने मतदान प्रक्रियामा सहभागी भएनन्।

मुख्यमन्त्री कार्कीलाई विश्वासको मत प्राप्त गर्न आवश्यक ४७ मतभन्दा धेरै समर्थन प्राप्त भएको हो। कोशी प्रदेशको ९३ सदस्यीय प्रदेश सभामा नेकपा एमालेका ४०, नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन्। कार्की यसअघि संविधानको धारा १६८(५) अनुसार गत वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]