ह्युमनिटि फाउन्डेनशनको नँया जिल्ला कार्यसमितिमा दिपेन राय

Logo
ग्रामिण पत्रिका / विराटनगर प्रकाशित आइतबार, आषाढ १६, २०८१

विराटनगर / वर्षौँ देखि आर्थिक अवस्था नाजुक रहेको परिवारको हकहितका काम गर्दे सिमानकृत समुदायलाई राजनीति मुलधारमा ल्याउन सक्रिय रहेको ह्युमनिटि फाउन्डेनशनले नँया जिल्ला कार्यसमिति गठन गरेको छ ।

युवा नेता सलिम अन्सारीको नेतृत्वमा नेपाल पत्रकार माहासङ्ग जिल्ला सभा हलमा प्रमुख आतिथ्यमा सम्पन भएको जिल्ला अधिवेशनले दिपेन रायको अध्यक्षतामा ५२ सदस्य मोरङ जिल्ला कार्य समिति चयन भएको हो ।

मोरङ्ग जिल्ला कार्यसमिति अध्यक्ष दिपेन राय विगत दुइ वर्ष देखि समाजिक कार्य मा सक्रिय रहेको छ । विपन्न परिवारवाट अधिकार स्थापित गर्नुको साथै हरेक समस्यामा सहयोग गर्दे आएको छ । उत्त ह्यूमिनीटि फाउन्डेशनको जिल्ला उपाध्यक्षमा अञ्जली साहनी र रोशन मण्डल,सल्लाहकार नवीन, सीमित साहनी रहेका छन् । सचिवमा अनिल यादव, सहसचिवमा सुरेश किश्कु र कोषाध्यक्षमा दिपक राय चयन भएका छन् । त्यस्तै सदस्यहरुमा दिवस गुरुङ्ग, रोहित मण्डल, मौ अब्जल, राज मण्डल, अमित ठाकुर, संजिव शर्मा, पारस मण्डल, योगेज रजक, मुकेश यादव, सिद्धान्त यादव, ओम माझी, महिनारायण मण्डल, आकाश पासवान, लक्की महतो लगायतका सदस्य चयन भएको छ ।

सो अवसरमा फाउन्डेशनको संस्थापक एवंम मोरङ क्षेत्रनम्बर ५ का युवा नेता सलिम अन्सारीले युवापुस्तालाई समेटेर नयाँ समिति गठनको भएको छ । नयाँ कार्यसमिति सदैव मानव कल्यानको काममा लाग्ने बताउदै समाजमा असाय र गरिवको हरेक समस्यामा सहयोगी बन्नु पर्ने उनले बताए । आवाज विहिनको अवाज बनेर समाजका हरेक वर्ग र तहका जनतालाई राजनीतिक मुलधारमा ल्याउनु र सहयोग गर्नु नै संस्थाको प्रमुख उदेश्य भएको अन्सारीको भनाइरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]