नेपाली जनता अशोज ३ गतेलाई कालो र सेतो दिन मनाउदै

Logo
संजय कुमार राजवंशी / विराटनगर प्रकाशित बिहिबार, आश्विन ०३, २०८१

नेपाली जनता अशोज ३ गतेलाई कालो र सेतो दिन मनाउदै । संविधान संशोधन जरुरि छ अथवा छैन यस विषयमा राजनितिक पार्टिहरु संविधान संशोधन गर्ने पक्ष्यमा छन् । मिति २०७२ अशोज ३ गते जारि गरिएको नयाँ नेपालको संविधान २०७२ जारी भएदेखी हालसम्म संविधान विरुद्घ निरन्तर विषय वस्तु चर्चा भइनै रहेको छ । र संविधानलाई केहि नेपाली जनताले अशोज ३ लाई कालो दिन मनाउदै आएका छन् । मधेश आन्दोलन, माओवादि जनयूद्घ, थारुहठ आन्दोलन, कोचिला आन्दोलन समय समयमा शान्तिपुर्ण आन्दोलन भइरहेको छ । यस आन्दोलनले जनताको आवाज उठेपनी यस विषयमा खासै संविधान राम्रो भएन भनेर हरेक वर्ष अशोज ३ गते कालो दिनको रुपमा मनाउदै आएका छन् ।

नेपालको संविधान २०७२ असोज १ गते संविधानसभाका बहुमत सदस्यहरूबाट हस्ताक्षर भएपछि सभाध्यक्षबाट प्रमाणित गरिएको थियो । तराईको जिल्लाहरूमा कालोदिन भनि विरोध भएतापनि संविधान २०७२ असोज ३ गते नेपालका राष्ट्रपति रामवरण यादवले नेपालको संविधान २०७२ मा हस्ताक्षर गर्दै संविधान जारी भएको घोषणा गरी लागू गरिएको थियो ।

नेपालको झण्डा, विद्मालय, विभिन्न संघ, संस्था लगायत अधिकाँश नेपाली नेपालको संविधान दिवस मनाउदै छन् । भने कतिपय स्थानमा कालो दिनका रुपमा मनाइरहेका छन् ।

आज, यस वर्षपनि देशभर विभिन्न राजनितिक पार्टि, संगठन जस्ता अभियानताहरु कालो दिनका रुपमा मनाउने गरेका छन् भने कतिपय स्थानमा यस संविधान २०७२ नेपालको उत्कृष्ठ संविधान हो भनेर भने गरेका छन् ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र आज भन्दा केहि दिन अगार्डि देखि अशोज ३ गते राति ८ बजे बिजुली, लाइट बन्द गरि कालो दिन मनाउन अनुरोध गर्दैै आएका छन् ।

वास्तविक कुराहरु बुझने हो भने जनताले जनताको लागि हुनुपर्ने तर संविधान नेपाली जनताको मर्म विपरित कानुन बनाएको हो भन्दै राष्ट्रिय नेता तथा पुर्व मन्त्रीहरु यस विषयमा भाषणबाजी चलाइनै रहेको समाचार माध्यममा हेर्न सकिन्छन् ।

जसपा नेपाल, लोसपा, राप्रपा, नागरिक उन्मुत्ति पार्टि लगायत राजनितिक अन्य पार्टिहरु संविधान संशोधनको पक्ष्यमा रहिआएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]