विराटनगरमा बैंक फुट्सल प्रतियोगिता सुरु, विजेतालाई नगद पुरस्कार र जीवन बीमा सुविधा

Logo
ग्रामीण पत्रिका प्रकाशित शुक्रबार, आश्विन ०४, २०८१

विराटनगर /एन वाइ इफले विराटनगरमा बैंकहरुबीचको फुट्सल प्रतियोगिता सुरु गरेको छ।

विराटनगर–९ जेएनएल फुट्सल मैदानमा बिहीबार बिहान ११ बजेबाट सुरु भएको यस प्रतियोगितामा १३ वटा टिमले सहभागिता जनाएका छन्।

पहिलो दिनको खेलमा गोल्बल आईएमईले एनआईसी एसियालाई ४–१ ले, एलएमबी बैंकले एलआईएमबीलाई ४–२ ले, एनआईसी एसियाले एभरेष्ट बैंकलाई ३–१ ले, र कुमारी बैंकले ग्रामीण विकासलाई १–० ले पराजित गरेको थियो।

प्रतियोगिताका संयोजक क्षितिज थापा मगरका अनुसार बैंक र उद्यमीबीचको सम्बन्धलाई मजबुत बनाउनको लागि यो प्रतियोगिता आयोजना गरिएको हो।

शनिबार सेमिफाइनल र फाइनल खेल हुनेछन्। सेमिफाइनल खेलमा ११ बजे एनआईसी एसिया र गोल्बल आईएमईबीिच, र कुमारी बैंक र एनएमबीबीिच प्रतिस्पर्धा हुनेछ। त्यसपछि १२ बजे एनईएफ विराटनगर र एनवाईईएफ सुनसरीबीच फ्रेन्डली खेल आयोजना हुनेछ। बेलुका १ बजे सेमिफाइनल विजेता दुई टिमबीच फाइनल खेल हुनेछ।

 

प्रतियोगितामा विजेता टिमलाई रु ५०,००० नगद पुरस्कार र उपविजेतालाई रु २५,००० प्रदान गरिनेछ। साथै, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ता खेलाडीलाई रु ५,००० नगद पुरस्कार दिइनेछ। विजेता टिमका सबै खेलाडीलाई पाँच–पाँच लाख बराबरको जीवन बीमा सुविधा पनि प्रदान गरिने आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]