विराटनगरमा डेन्टल चिकित्सकको २४औं वार्षिक राष्ट्रिय सम्मेलन हुँदै

Logo
ग्रामीण पत्रिका प्रकाशित शुक्रबार, आश्विन ०४, २०८१

विराटनगर/ नेपाल डेन्टल एसोसिएसनको २४औं वार्षिक राष्ट्रिय सम्मेलन शनिबार विराटनगरमा सम्पन्न हुँदैछ। शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रणयरत्न शाक्यले मानव शरीरको महत्वपूर्ण अङ्ग दाँतको समयमै उपचार गर्नुपर्ने उद्देश्यका साथ राष्ट्रिय सम्मेलनको आयोजना गरिएको जानकारी गराएका थिए।

 

नेपाल डेन्टल एसोसिएसन मोरङ शाखाले आयोजना गर्न लागेको यस सम्मेलनमा ४ सयभन्दा बढी डेन्टल चिकित्सकहरूको सहभागिता रहने छ। मोरङ शाखाका अध्यक्ष डा. पवन मेहताका अनुसार सम्मेलनको पहिलो सत्र विराटनगरको बरगाछी स्थित होटल मनास्लु इनमा बिहान र दोस्रो सत्र साँझ विराटनगरकै एयरपोर्ट रोड स्थित होटल एसियाटिकमा हुनेछ।

 

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार बिहान राष्ट्रिय सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। सम्मेलनमा सहभागी १६ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय डेन्टल विशेषज्ञहरूले दन्त रोगको उपचार पद्धति र सेवाको बारेमा आफ्नो धारणा प्रस्तुत गर्नेछन्।

 

देशभरका विभिन्न डेन्टल अस्पतालमा कार्यरत चिकित्सकहरूले उपचार सेवामा गरेको प्रगतिबारे कार्यपत्र प्रस्तुत गर्ने र प्रस्तुत कार्यपत्रहरूमा छलफल हुने कार्यक्रम रहेको छ। यसले दन्तरोग विशेषज्ञहरूलाई उपचार सेवा प्रवाह गर्न थप बल पुग्ने विश्वास लिइएको छ।

 

शुक्रबार, राष्ट्रिय सम्मेलनको अघिल्लो दिन, तीनवटा अलग-अलग कार्यक्रम सम्पन्न भएका थिए जसमा ७५ जना डेन्टल चिकित्सकहरूको सहभागिता रहेको थियो।

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]