कोशी प्रदेशको स्वास्थ्य क्षेत्रको सुधारमा लागेका छौं : मुख्यमन्त्री कार्की

Logo
ग्रामीण पत्रिका प्रकाशित शनिबार, आश्विन ०५, २०८१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वास्थ्य क्षेत्रमा देखिएको समस्यालाई नीतिगत र कानुनी हिसाबले सुधार गरेर जान प्रदेश सरकार तत्पर रहेको बताउनुभएको छ ।

शनिबार २४औं राष्ट्रिय दन्त सम्मेलनको विराटनगरमा उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले स्वास्थ्य क्षेत्रलाई सुधार गरेर अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी नीतिगत र कानुनी हिसाबले सुधार गर्ने तयारीमा छौं ।’
प्रदेशमा स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न भिन्नै स्वास्थ्य ऐन ल्याउने प्रदेश सरकारको सोचाई रहेको चर्चा गर्दै उहाँले स्वास्थ्य ऐन मार्फत् प्रदेशको स्वास्थ्य क्षेत्रलाई सुधार गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले स्रोत साधनले भ्याएमा प्रदेशका अस्पतालमा पनि दन्त चिकित्सक राखिने बताउनुभयो ।
नेपालमा रहेका दन्त चिकित्सक जनशक्तिहरूलाई विदेश पलायन हुनबाट रोक्न हाम्रा अस्पतालका सुधार र व्यवस्थापकिय क्षमतालाई बढाएर काम गर्नुपर्ने कार्कीले औंल्याउनुभयो ।
सम्मेलनमा देशभरका करिब तीन सय दन्तचिकित्सक भेला भएका छन् । सम्मेलनमा १६ जना वरिष्ठ दन्तचिकित्सकले विविध प्रविधि र अहिलेको अवस्थाका बारेमा प्रस्तुती गर्ने तयारी छ । सम्मेलनबाट आगामि दिनमा गर्नसकिने काम, नयाँ प्रविधि र आम नागरिकलाई सचेतना जोगाउने विषयमा साथै उपचारका सन्दर्भमा आएका नयाँ ‘केसस्टडी’ का विषयमा छलफल हुने आयोजकले जानकारी दिएका छन् ।
सम्मेलनमा दाँत सम्बन्धि उपचारका मेसिन र विभिन्न प्रविधि सम्बन्धि उपकरणहरू समेत प्रदर्शन गरिएका छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]