विराटनगरमा बैंकहरूको फुटसल प्रतियोगिता: एनआईसी एशिया विजेता

Logo
ग्रामीण पत्रिका प्रकाशित आइतबार, आश्विन ०६, २०८१

विराटनगर / शनिबार सम्पन्न फुटसल प्रतियोगिताको फाइनल खेलमा एनआईसी एशिया बैंकले एनएमबी बैंकलाई २-१ ले पराजित गर्दै उपाधि जितेको छ। विराटनगर–९ स्थित जेएनएल फुटसल मैदानमा आयोजित प्रतियोगिता बिहीबार बिहान ११ बजेबाट सुरु भएको थियो।

सेमिफाइनल खेलमा एनआईसी एशिया र ग्लोबल आईएमई बैंक तथा कुमारी बैंक र एनएमबी बैंकबीच प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा एनआईसी एशियाले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भएको हो।

प्रतियोगितामा विजेता टिमलाई रु ५० हजार नगद पुरस्कारसहित सम्मान गरिएको छ भने उपविजेता एनएमबी बैंकलाई रु २५ हजार नगद पुरस्कार प्रदान गरिएको छ। साथै, उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरूमध्ये एनएमबी बैंकका मिन राज रेग्मीले सबैभन्दा धेरै गोल गर्ने खेलाडीको उपाधि प्राप्त गरेका छन् भने एनआईसी एशिया बैंकका सवल श्रेष्ठ उत्कृष्ट गोलकिपर घोषित भए। दुवै उत्कृष्ट खेलाडीहरुले ५ हजार रुपैयाँ नगद पुरस्कार पाएका थिए।

विजेता टिमका सबै खेलाडीलाई जीवन बिमा सुविधा पनि प्रदान गरिएको छ। कार्यक्रमको समापनमा आयोजक एन वाइ एफले खेलकुदले स्वस्थ शरीर र मानसिकता निर्माणमा मद्दत पुग्ने बताउँदै आगामी दिनहरूमा पनि यस्ता प्रतियोगिता आयोजना गरिने जानकारी दिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]