ससुराको हत्या गरेर फरार भएका ज्वाइँ पक्राउ

Logo
ग्रामीण पत्रिका प्रकाशित आइतबार, आश्विन ०६, २०८१

विराटनगर/मोरङको पथरीशनिश्चरे नगरपालिका–७ निवासी ६० वर्षीय चन्द्रबहादुर तामाङको हत्या गरेर फरार रहेका ज्वाइँ रविन राईलाई प्रहरीले पक्राउ गरेको छ। २७ वर्षीय राईलाई आज बिहान धनकुटाको मुलघाटबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी मोहन विक्रम दहालले जानकारी दिएका छन्।

 

प्रहरीका अनुसार, चन्द्रबहादुर र रविन हत्याको अघिल्लो दिनसम्म एउटै घरमा बसेर खाना खाएका थिए। उनीहरू दुवै जना ज्यामी काम गर्दै आएका थिए। शनिबार बिहान घरेलु हतियार प्रयोग गरी चन्द्रबहादुरको हत्या गरिएको अवस्थामा उनको शव फेला परेको थियो।

 

चन्द्रबहादुरको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपाको शवगृहमा राखिएको छ। हत्याको कारणबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ। प्रारम्भिक अनुसन्धानका आधारमा मदिरा सेवनपछि विवाद उत्पन्न हुँदा हत्या भएको हुन सक्ने अनुमान गरिएको छ।

 

चन्द्रबहादुरकी पत्नी, छोरा, र रविनकी पत्नी वैदेशिक रोजगारीका लागि विदेशमा रहेका छन्। घटना भएपछि फरार भएका राईलाई प्रहरीले खोजी गरी पक्राउ गरेको हो।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]