दुहबी / सुनसरीको दुहबी नगरपालिका वडा न.४ स्थित महेन्द्र मेमोरियल एकडेमी स्कुलमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
कक्षा ९ र १० सम्मका विद्यार्थीहरूका लागि यस्तो कार्यक्रम आयोजना गरिएको संचालक प्रिन्सिपल निश्चलराज शाक्यले जानकारी दिए ।
उनका अनुसार कार्यक्रममा विद्यार्थीलाई ट्राफिक नियम, ट्राफिक चिहन, सडक दुर्घटनाको जोखिम, कारण, न्यूनीकरणका उपायहरू, दण्ड सजाय तथा ट्राफिकसँग सम्बन्धित अन्य विविध विषयहरूमा आवश्यक जानकारी प्रदान गरिएको थियो ।
ट्राफिक प्रहरी दुहबी पोस्ट कार्यालयको सहकार्यमा कार्यक्रम भएको शाक्यले जानकारी दिए । कार्यक्रममा दुहबी ट्राफिक पोस्ट प्रमुख बरिस्ठ सई चन्द्र कुमार (फाजुङ)श्रेष्ठ तथा प्रहरी सहायक हवल्दार बिनोद कुमार साहले माथिका विषयहरूमा विशेष प्रस्तुतीकरण तथा श्रव्यदृश्य सामग्रीहरू प्रस्तुत गरेका थिए ।
विद्यार्थीलाई दिइएको यस्तो सचेतनाले बढ्दो सवारी दुर्घटना न्यूनीकरणका सहयोग पुग्ने बरिस्ठ सई श्रेष्ठले बताए ।