

यस समाचारको सम्पादकीय
:- तपाइ तलब लिनुहुन्छ, तपाइ कार्यक्रमको भक्ता लिनुहुन्छ, हरेक महिना नेपाल सरकारको तलब खानुहुन्छ, शिक्षाको ज्योति फैल्याउने जिम्मा तपाइको हो, नेपाल सरकारको सेवा सुविधा लिने तपाइ र तपाइ राम्रो अङ्क ल्याउन नसक्नु भनेको के हो ? । हो तेस्तै भएको छ, नेपालको शिक्षा । विध्यार्थि पास गर्न नसक्दा सीधै विध्यार्थि र अभिभावक माथि समस्या देखाउने प्रथा धेरै वर्ष देखि चल्दै आएको छ । भारतको प्रसिध शिक्षक खान सर, ओझा सर र डाक्टर बिकाश दिव्यकिर्थी जस्ता टिचरले राम्रो पढाउन सक्ने तपाइहरुलाइ अझै के के सेवासुविधा चाहिने ।
विराटनगर / मोरङ्गको कटहरी गाउँपालिकाको शिक्षा स्तर निकै कम्जोर भएको एसइईको नतिजामा देखिएको छ । १ सय पचासी जना विध्यार्थि सहभागी भएको उत्त एस ई ई परिक्षामा जम्मा १५ जना विध्यार्थि उतिर्ण भएको छ ।
तिन ओटा मावि स्कुलमा जम्मा १ सय पचासी जना विध्यर्थि मध्य जम्मा १५ जना एस ई ई परीक्षामा उतिर्ण गरेको छ । जनता मावि कटहरी —७, ८६ जना मध्य ९ जना उतिर्ण, श्री जनप्रीय मावि कटहरी —३, ६८ जना मध्य ५ जना उतिर्ण र प्रजातन्त्र मावि कटहरी —६, ३१ जना मध्यमा मात्रै १ जना उतिर्ण भइ जम्मा १५ जना विध्यार्थि उतिर्ण भएको कटहरी गाउँपालिका शिक्षा शाखा प्रविधिक साहयक पुष्प बस्नेतले बताए । उत्त जानकारी दिदै विध्यार्थि रेगुलर पढन नआएको कारणले विध्यार्थि धेरै पास गर्न नसकेको उहाँको भनाइ रहेको छ ।
नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार र कोभिडको समयमा विध्यार्थिहरुलाई सहजै ३ वर्ष देखि पास गर्दै आएकोेले यसको असर देखिएको श्री जनप्रीय माविका प्रअ राजकुमार चौधरी बताए ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) को मौका परीक्षा आगामी साउन २३ गतेदेखि हुने भएको छ । आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले साउन २३ देखि ३१ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । बोर्डले परीक्षा तालिका भने आज सोमबार सार्वजनिक गर्ने बताएको छ ।