देशभर मनसुन सक्रिय, वर्षाका कारण कृषि क्षेत्रमा असर पर्ने विभागको चेतावनी

Logo
ग्रामीण पत्रिका प्रकाशित मंगलबार, आश्विन ०८, २०८१

काठमाडौँ /जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुन सक्रिय भएको जनाएको छ। महाशाखाका अनुसार आगामी केही दिन देशभर मौसममा परिवर्तन भएर मेघगर्जन र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको छ।

 

महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै वर्षाले विशेष गरी कृषि क्षेत्रमा असर पर्ने जनाउँदै कृषि कर्म सुरु गर्नुभन्दा अगाडि मौसम सम्बन्धी अद्यावधिक जानकारी तथा पूर्वानुमान नियमित हेर्न किसानहरूलाई आग्रह गरेको छ।

 

महाशाखाका अनुसार अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मंगलबार दिउँसोदेखि देशभर आंशिकदेखि साधारणतया बदली रही लुम्बिनी प्रदेशको पश्चिमी भू–भाग तथा सुदूरपश्चिम प्रदेशका तराईका अधिकांश स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र केही स्थानमा मध्यम तथा एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

 

सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका अन्य स्थान, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने मधेस प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]