झापामा खोलामा डुबेर तीनजना बेपत्ता

Logo
ग्रामीण सहकर्मी प्रकाशित शनिबार, आश्विन १२, २०८१

विराटनगर /झापामा खोलामा डुबेर तीनजना बेपत्ता भएका छन्, जसमा एक किशोरी र दुई पुरुष छन्। गौरीगंज गाउँपालिका वडा नम्बर २ र ३ को सिमानामा पर्ने किस्ने खोलामा शुक्रवार साँझदेखि लगातार बेपत्ता हुने घटनाहरू भएका छन्।

शुक्रवार साँझ करिब ४ बजे गौरीगंज वडा नम्बर २ भाकुरमारी सुकुम्बासी बस्तीका करिब ५० वर्षीय केमालाल ताजपुरिया किस्ने खोलाको पुलबाट हामफालेर बेपत्ता भएका हुन्। इलाका प्रहरी कार्यालय गौरीगंजका प्रहरी निरीक्षक रामचन्द्र साहका अनुसार ताजपुरियाको खोजी कार्य जारी छ, तर अविरल वर्षाका कारण बाढीको उच्च बहावले खोजी कार्यमा कठिनाइ उत्पन्न भएको छ।

त्यसै दिन साँझ ६ बजे कमल गाउँपालिका वडा नम्बर १ का ३५ वर्षीय टिकाराम चौधरी पनि किस्ने खोलामा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएका हुन्। इलाका प्रहरी कार्यालय गौरादहका प्रहरी टोलीले उनको खोजी कार्य जारी राखे पनि हालसम्म सफल हुन सकेको छैन।

यस्तै, शुक्रवार दिउँसो करिब ३ बजे कचनकवल गाउँपालिका वडा नम्बर १ झकुवाटोलीकी १४ वर्षीया नेहारिका राजवंशी जमुना खोलामा डुबेर बेपत्ता भएकी छन्। भारतमा आफ्नी सानिमाको घरबाट पाहुना खाएर घर फर्कने क्रममा चमारभिट्टा पुल नजिकै उनी साइकलसहित खोलामा बगेकी हुन्। कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईका अनुसार सुरक्षाकर्मी, स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूको सक्रियतामा खोजी कार्य जारी रहे पनि नेहारिका अहिलेसम्म फेला परेकी छैनन्।

खोलामा बढेको बाढी र प्रतिकूल मौसमका कारण खोजी कार्यमा अवरोध भइरहेको प्रहरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]