सप्तकोशी नदीमा पानीको बहावले खतराको संकेत, ६ लाख ६१ हजार क्युसेकभन्दा बढीको रेकर्ड

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, आश्विन १३, २०८१

विराटनगर/सप्तकोशी नदीमा पानीको बहावले आइतबार विहान खतराको स्तर पार गर्दै ६ लाख ६१ हजार ०५ क्युसेकको उच्च रेकर्ड बनाएको छ। यो बहाव अहिले विस्तारै घट्न थालेको छ। पछिल्लो रिपोर्टअनुसार हाल बहाव ६ लाख ५५ हजार ५ क्युसेकमा पुगेको छ।

नदीमा पानीको अत्यधिक बहावका कारण पछिल्लो ४८ घण्टासम्म कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएका छन्। शनिबार साँझ देशभर वर्षा रोकिएपनि कोशी नदीमा बहाव निरन्तर बढिरहेको थियो। बाढीले नदीमा लेदोयुक्त पानीको अत्याधिक मात्रालाई पनि साथमा ल्याएको छ।

ब्यारेज माथिबाटै पानी बग्न थालेपछि बाढीले उत्पन्न गरेको संकट अझ गहिरो भएको छ। ६ लाख २१ हजार क्युसेक बहाव भएपछि ब्यारेज माथिबाट पानी बहन थालेको थियो। वीरपुरस्थित कोशी ब्यारेजमा ६ लाख ८१ हजार क्युसेक पानीको बहावको पूर्वानुमान गरिएको थियो, जुन हालसम्मको अधिकतम बहावको नजिक रहेको बताइएको छ।

बाढी व्यवस्थापन सुधार सहायता केन्द्र पटनाले यसअघि नै यस्तो खतरनाक बहावको चेतावनी जारी गरेको थियो, जसका कारण स्थानीय प्रशासन र नागरिकलाई सचेत रहन आग्रह गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]