

विराटनगर / अभिरल वर्षापछि देशभर बाढी र पहिरोका कारण ११ सय मेगावाट विद्युत उत्पादन अवरुद्ध भएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै यस घटनाका कारण साढे २ अर्ब रुपैयाँ बराबरको नोक्सानी भएको अनुमान गरिएको छ। मन्त्रालयका अनुसार यो क्षति अझै बढ्न सक्नेछ।
सिंचाइतर्फका आयोजना पनि प्रभावित भएका छन्, जहाँ १ अर्ब ३५ करोड रुपैयाँको क्षति भएको जानकारी प्राप्त भएको छ। गत वर्षको अविरल वर्षाले १० अर्ब रुपैयाँको क्षति पुर्याएको मन्त्रालयको भनाइ छ।
ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार १६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ। हाल ती आयोजनामा भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ र थप क्षति हुनसक्ने सम्भावना व्यक्त गरिएको छ।
सरकार र सम्वन्धित निकायहरूले क्षतिको मूल्यांकन र राहत वितरणका लागि तत्परता बढाउनुपर्ने आवश्यकता औंल्याइएको छ।