‘क्यानडा नेपाल माउटेन्ट फिल्म फेस्टिभल’मा तिन जना पत्रकार सम्मान

Logo
सरीता कर्मकार/विराटनगर प्रकाशित बुधबार, आषाढ १९, २०८१

विराटनगर । कोशी प्रदेश विराटनगरमा मंलबार सुरु भएको दुई दिन ‘क्यानडा नेपाल माउटेन्ट फिल्म फेस्टिभल –२०२४’ को आज समापन भएको छ ।

नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशको आयोजनामा भएको यस फिल्म फेस्टिभलमा चलचित्र विकास बोर्डका अध्यक्ष भुबन केशी द्धारा ‘क्यानडा नेपाल माउटेन्ट फिल्म फेस्टिभल –२०२४’मा विभिन्न उत्कृष्ट फिल्म , निर्देशक , कलाकारहरुलाई अवार्ड साथै सम्मान गरिएको छ ।

यसै गरि फिल्म फेस्टिभलमा न्यु सृष्टी दैनिकका पत्रकार अनुज सापकोटा , हाम्रो विराटनगरका संवाददाता तथा चलचित्र पत्रकार संघ मोरङ जिल्लाका सचिव संन्तोष बास्तोला र हिपमत मिडियाका संचालक विरेन्द्र कुमार साहलाई कदर पत्र सहित सम्मान गरिएको छ ।

‘क्यानडा नेपाल माउटेन्ट फिल्म फेस्टिभल –२०२४’ कोशी प्रदेशमा पहिलो पटक गरिएको हो । यस अघि पनि विराटनगर स्थित रहेको आरोहण गुरुकुलमा चलचित्र महोत्सव आयोजना गरिएको थियो । फिल्म फेस्टिभलमा दुई दिन चलचित्र तथा डकुमेन्ट्री प्रदर्शन गरिएको थियो ।

कोशी प्रदेश चलचित्र हबमा पछि रहेको र यस क्षेत्र पनी फिल्म हब बन्न सक्ने चलचित्रकर्मी संघ कोशी प्रदेशका अध्यक्ष अणुन कुमार प्रधानले बताए । यसै गरि यस प्रकारका फिल्म फेस्टिभल आगामी दिनहरुमा देश भित्र मात्र नभई क्यानेडामा आयोजना गरिने प्रधानले जानकारी दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]