एवीसी नेपालद्वारा तीन महिनामा ५५ जनालाई मनोपरामर्श 

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, आश्विन १३, २०८१

विराटनगर / एवीसी नेपाल विराटनगरले पछिल्लो तीन महिनामा ५५ जनालाई विभिन्न सेवा उपलब्ध गराएको छ ।

लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाअन्तर्गत दोस्रो चरण सरोकारवालाहरुँगको पैरवी बैठकमा एवीसी नेपालकी अध्यक्ष विष्णु शर्माले विभिन्न जिल्लाका ५५ जनालाई १ सय २१ प्रकारका सेवा उपलब्ध गराएको जानकारी दिनुभयो । उहाँले बलात्कार, यौन दुव्र्यहार, पारिवारिक हिंसालगायतका सेवा उपलब्ध गराएको बताउनुभयो । उनीहरुलाई मनोपरामर्शसमेत दिइएको उहाँको भनाइ थियो ।

कार्यक्रममा महानगरका कार्यबाहक मेयर विश्वनाथ भगतले हिंसामा परेका महिला तथा बालबालिकाका लागि महानगरले सहयोग गर्दै आएको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले महिला हिंसा न्यूनीकरणमा एवीसी नेपालजस्ता संस्थाहरुको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख उषा झा, महानगरका सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, स्वास्थ्य महाशाखाका संयोजक डा. दिलीपकुमार यादव, महिला तथा बालबालिका शाखाकी प्रमुख मञ्जु लोहनी, कानुन शाखाकी प्रमुख शारदा थपलिया, वरिष्ठ अधिवक्ता कविता बस्नेत, एवीसी नेपालकी गीताञ्जली शर्मालगायतले अल्पकालीन आवासगृहको स्रोत व्यवस्थापन तथा दिगोपना, प्रभावितहरुको जीविकोपार्जनका लागि स्थानीय तहसँगको समन्वय र सहकार्य, हिंसा प्रभावितलाई सेवा प्रदायक निकायहरुले कसरी छिटो छरितो सेवा दिन सकिन्छ साथै पुनःस्थापनामा सरकारी सरोकारवाला निकायको भूमिकालगायतका विषयमा छलफल भएको थियो ।

लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाका लागि महानगरपालिकाले समेत सहयोग उपलब्ध गराउँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]