विराटनगरमा खानेपानीका लागि पाइपलाइन विस्तारको परीक्षण सुरु

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, आश्विन १४, २०८१

विराटनगर /विराटनगरबासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ विराटनगर–८ बाट पाइपलाइन विस्तारको परीक्षण सुरु गरिएको छ ।

जापान सरकार (जाइका)को आर्थिक अनुदान सहयोगमा विराटनगरमा वृहत्तर खानेपानी परियोजना सञ्चालन हुँदैछ । जापान सरकारको सहयोग नियोग जाइकाको अनुदान सहयोगमा सञ्चालन हुने परियोजनाको लागत २ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । परियोजनाका इन्जिनियर अरविन्द कर्णका अनुसार परीक्षणका क्रममा दुई–तीन पिस पाइप बिछ्याएर पुरिनेछ । त्यसपछि आवतजावतमा समस्या हुने नहुने, पाइपको सुरक्षाको अवस्थालगायत तोकिएको सबै मापदण्ड हेरिनेछ । सबै परीक्षण पूरा गरेपछि मात्रै औपचारिक रुपमा पाइपलाइन विस्तार गरिने कर्णले जानकारी दिनुभयो । जाइकाको खानेपानी परियोजना काम छिटो सम्पन्न भएर शुद्ध खानेपानी प्रयोग गर्न वडाबासी आतुर रहेको आफूले पाएको परीक्षणमा उपस्थित वडाध्यक्ष राम पोखरेलले बताउनुभयो । महानगरका मेयर नागेश कोइरालाले विराटनगरबासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने प्रतिबद्धता छिट्टै पूरा हुने बताउँदै आउनुभएको छ ।

विराटनगरमा खानेपानी संस्थान अन्तर्गतका भइरहेका संरचनाको सुधार गर्ने, खानेपानीका ओभरहेड ट्यांकी, पाइपलाइन र फिल्टरहरू थप गर्ने योजनाअनुसार खानेपानी सुधार आयोजना सञ्चालनमा ल्याइनेछ । खानेपानी आयोजना सन् २०२६ सम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । खानेपानी आयोजनाले १ लाखभन्दा बढी महानगरवासी लाभान्वित हुनेछन्

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]