काेशी प्रदेश सरकारले माघमा लगानी सम्मेलन गर्ने

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, आश्विन १४, २०८१

विराटनगर/ काेशी प्रदेश सरकारले आगामी माघ ११, १२ र १३ गते पहिलाे पटक लगानी सम्मेलन गर्ने भएकाे छ ।

प्रदेशमा लगानीकाे वातावरण सिर्जना गर्न र काेशी प्रदेशमा ओैधाेगिक वातावरण बनेकाे सन्देश दिन लगानी सम्मेलन गर्न लागेकाे हाे । आईतबार काेशी प्रदेश सरकारकाे मन्त्रीपरिषद बैठकले यसकाे अवधारणा पारित गर्दै मिति तय गरेकाे हाे ।

नीजि क्षेत्रकाे सहकार्य र समन्वयमा याे सम्मेलन गर्ने तयारी सरकारकाे छ । काेशी प्रदेश सरकारकाे चालू आर्थिक वर्षकाे नीति तथा कार्यक्रम र बजेटमा पनि लगानी सम्मेलन गर्ने विषय उल्लेख थियाे । साेही अनुसार याे कार्यक्रमलाई अगाडि बढाईएकाे मुख्यमन्त्री कार्यालयले जनाएकाे छ ।

प्रदेश लगानी प्राधिकरणले यसकाे आवश्यक समन्वय, सहजीकरण र लगानीकाे क्षेत्रहरू तय गर्ने छ । प्रदेश सरकारले याे कार्यक्रम सम्पन्न गर्न करिब ३ कराेड बजेट छुट्याएकाे छ ।

लगानी सम्मेलनमा नेपाल, भारत र तेस्राे मुलुकका समेत लगानीकर्ताहरूलाई आमन्त्रण गरिनेछ । प्रदेशका सम्भावित आयाेजननकाे क्षेत्र पहिचान गरि ती क्षेत्रमा लगानी भित्र्याउन प्रदेश सरकारले संघलर स्थानीय तहकाे नीतिगत व्यवस्थालाई सुधार गर्न पहल गर्ने छ । साथै प्रदेशले गर्नुपर्ने कानून संशाेधन तत्कालै गर्ने तयारी सरकारकाे छ ।

पिपिपी माेडेलकाे लगानी अवधारणालाई आत्मसात गर्दै निजी क्षेत्रलाई प्रदेश विकासमा अधिकतम रूपमा संलग्न गराउने लक्ष्यका साथ लगानी सम्मेलन आयाेजना गर्न लागिएको मुख्यमन्त्रीका आर्थिक सल्लाहकार माेहन सुवेदीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]