विराटनगरको सिटी सिनेमा हलमा असार २२ गते ‘चारदाम ’ को च्यारेटी शो

Logo
सरीता कर्मकार / विराटनगर प्रकाशित बिहिबार, आषाढ २०, २०८१

विराटनगर । तामाङ समुदायको लोप हुन लागेको भाषा, भेष भुषा, कला संस्कृतिको संरक्षण तथा सम्बद्र्धन गर्ने उदेस्यले तामाङ संस्कृृतिमा आधारित नेपाली चलचित्र ‘चारदाम’ को च्यारेटी शो गरिने भएको छ ।

कोशी भिजन फिल्मस् प्रालि ईटहरीद्धारा निर्माण गरिएको नेपाली भाषामा रहेको चलचित्र ‘चारदाम’ विराटनगर तीनपैनी स्थित सिटी सिनेमा हलमा असार २२ गते शनिबार प्रदर्शन गरिने भएको छ ।

नेपाल तामाङ घेदुङ महानगर समिति विराटनगरको समन्वयमा प्रदर्शन गर्न लागिएको कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरिने समेत जनाइएको छ ।

तामाङ जातीमा लोपोन्मुख हुँदै गएको भाषा, लिपि, भेषभुषा, कला, संस्कार र संस्कृतिको संरक्षण तथा सम्बद्र्धन गर्ने उद्देश्यले चारदाम निर्माण गरिएको फिल्मका लेखक तथा निर्देशक लाखमान योञ्जनले जानकारी दिए ।

‘चारदाम’मा सुवास योन्जन तामाङ, सुकुमाया मोक्तान तामाङ, मदन राई, मोहन लोप्चन तामाङ, शान्ति पाख्रिन तामाङ, पूर्ण लिम्बू, बालकलाकार सुम्निमा योन्जन तामाङ, डम्बर किमारी मेन्याङ्बो र मेनुका राई लगायत कलाकारको अभिनय रहने छ ।
फिल्मको छायांकन पुर्वका भोजपुर , सुनसरी लगायतका विभिन्न रमणिय स्थलहरुमा छायाङकन गरिएको फिल्म निर्माण टिमले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]