एमाले विराटनगरको प्रथम पूर्ण बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

Logo
ग्रामीण सहकर्मी / विराटनगर प्रकाशित बुधबार, आश्विन १६, २०८१

विराटनगर / नेकपा एमाले विराटनगर महानगर संगठन कमिटीको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ । आज विराटनगरमा संगठन कमिटीका सदस्यहरूलाई अभिमुखीकरण गर्दै प्रथम पूर्ण बैठक सम्पन्न भएको हो ।

प्रथम पू्र्ण बैठकलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इञ्चार्ज जीवन घिमिरेले विराटनगर महानगरपालिकामा मेयर सहितको अधिकांश वडा तथा महानगर क्षेत्रमा पर्ने संघीय तथा प्रादेशिक निर्वाचन क्षेत्र जित्ने योजना साथ अघि बढ्ने गरि महानगर कमिटी लाग्नु पर्ने बताउनु भएको थियो । घिमिरेले जिम्मेवारी तोकिएको कार्यक्षेत्रमा खट्न छाडेर अन्य स्थानमा गएर काम गर्ने छुट नगर कमिटी सदस्यलाई नहुने धारणा व्यक्त गर्नु भएको थियो ।

प्रथम पूर्ण बैठकमा नेकपा एमाले कोशी प्रदेश सचिवालय सदस्य तथा विराटनगर महानगर इञ्चार्ज पर्शुराम बस्नेतले विराटनगर कमिटीमा देखिएको समस्यालाई पार्टी जिल्ला कमिटीले निकास दिएकोले महानगर कमिटीले गतिशीलता साथ कार्य अघि बढाउन निर्देशन दिनु भएको थियो । बस्नेतले इञ्चार्जको रूपमा आफू महानगर कमिटीमा छडी चलाउने नभएर छहारी प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

एमाले मोरङ जिल्ला संगठन कमिटी अध्यक्ष बाबुराम कार्कीले पार्टीको पालिका कमिटीहरू माथिल्लो कमिटी प्रति जबाफदेही हुनु पर्ने बताउनु भएको थियो । कार्कीले मोरङमा पार्टी नयाँ ढङ्गले सञ्चालन भइरहेको बताउँदै पार्टी सापेक्षतामा सञ्चालन हुने र नेतृत्वले कार्यकर्ता पङ्क्तिबाट उठेको प्रश्नको उत्तर दिन सदैव तयार हुनु पर्ने धारणा व्यक्त गर्नु भएको थियो ।

महानगर कमिटीका अध्यक्ष रोहित कोइरालाले पार्टीलाई चलायमान बनाउन सबै पक्षको सहयोग आवश्यक पर्ने बताउँदै आफू सबैको सल्लाह सुझावमा अघि बढ्ने बताउनु भएको थियो ।

कोइरालाले बैठकले महानगर पार्टी कार्यलय सञ्चालन गर्ने , नगर रक्तदाता सञ्जालको निर्माण गर्ने लगायतका निर्णय बैठकले गरेको जानकारी दिनु भएको थियो ।

बैठकमा मोरङ इञ्चार्ज घिमिरेले पार्टी विचार र प्रणालीको बिषयमा प्रशिक्षण र महानगर इञ्चार्ज बस्नेतले संगठन निर्माण, परिचालन र व्यवस्थापन बिषयक प्रशिक्षण दिनु महानगर सचिव नविन गिरीले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]