ससुराको हत्यामा संलग्नलाई भाग्न मद्धत गर्ने महिला पक्राउ

Logo
ग्रामीण सहकर्मी प्रकाशित बुधबार, आश्विन १६, २०८१

विराटनगर/मोरङको पथरीशनिश्चरे नगरपालिका–७ मायालु चोकमा ससुराको हत्या गरेको आरोपमा पक्राउ परेका युवकलाई भाग्न मद्धत गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन्। इलाका प्रहरी कार्यालय पथरीका अनुसार ३० वर्षीया सूष्मा राईले ससुराको हत्या गरेपछि ज्वाइँ रविन राईलाई भाग्न मद्धत गरेकी हुन्।

गत असोज ५ गते ६० वर्षीय चन्द्रबहादुर तामाङको धारिलो हतियार प्रहार गरेर हत्या गरिएको थियो। घटनाको मुख्य आरोपी चन्द्रबहादुरका ज्वाइँ रविन राईलाई सूष्माले हत्या पछि भगाउन सहयोग गरेको आरोपमा पक्राउ गरिएको हो। डीएसपी मोहनविक्रम दाहालका अनुसार, सूष्माले रविनलाई गाडी भाडा बापत २ सय रुपैयाँ दिएर भाग्न सहयोग गरेकी थिइन्।

रविनलाई हत्या आरोपमा धनकुटाको मूलघाटबाट पक्राउ गरिएपछि, रविनकै बयानका आधारमा सूष्मालाई पनि पक्राउ गरिएको हो। सूष्माविरुद्ध कर्तव्य ज्यान कसुरको मतियारको रूपमा मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]