दसैं सुरु: आज घटस्थापना गरी जमरा राखिँदै

Logo
ग्रामीण सहकर्मी प्रकाशित बिहिबार, आश्विन १७, २०८१

विराटनगर/ हिन्दुहरुको महान चाड दसैं आज बिहीबारबाट औपचारिक रूपमा सुरु भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने दसैंको पहिलो दिन ‘शैलपुत्री’ दुर्गा भवानीको पूजा गरी घटस्थापना गर्ने र जमरा राख्ने परम्परा रहेको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, यस वर्ष घटस्थापना गर्ने शुभ साइत बिहान ९ बजेर १६ मिनेटमा रहेको छ। घटस्थापनाका लागि नदी वा शुद्ध स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा वा दसैंघरमा जमरा राख्ने गरिन्छ। माटाको घट (कलश) स्थापना गरी जमरा राख्ने परम्परा अनुसार नै पूजा गरिन्छ।

घटस्थापनाको दिन दुर्गा पूजासँगै विभिन्न शक्तिपीठहरूको दर्शन गर्ने चलन पनि रहेको छ। यस वर्षको विजयादशमी (टीका) असोज २६ गते शनिबार परेको छ, र टीका ग्रहणको शुभ साइत बिहान ११ बजेर ३६ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]