विराज भट्टको निर्देशनमा बनेको ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक, समीर भट्टको डेब्यु

Logo
ग्रामीण सहकर्मी प्रकाशित बिहिबार, आश्विन १७, २०८१

विराटनगर/नेपाली फिल्म जगतका चर्चित एक्सन स्टार विराज भट्टको निर्देशनमा निर्माण भएको चलचित्र ‘१२ गाउँ’ को ट्रेलर सार्वजनिक भएको छ। ३ मिनेट १४ सेकेन्ड लामो ट्रेलर बुढासुब्बा डिजिटलमार्फत सार्वजनिक गरिएको छ, जसमा फिल्मको कथावस्तु र एक्सन दृश्यहरुको झलक प्रस्तुत गरिएको छ।

फिल्ममा विराज भट्टसँगै उनका छोरा समीर भट्टलाई एक्सन अवतारमा देख्न सकिन्छ, जसले यो फिल्ममार्फत आफ्नो अभिनय यात्रा सुरु गरेका छन्। एक्सन कोरियोग्राफी, छायांकन, र प्रोडक्सन डिजाइन ट्रेलरको मुख्य आकर्षण मानिएको छ।

‘१२ गाउँ’ फिल्म असोज २४ गते फुलपातीको दिनबाट प्रर्दशनमा आउँदैछ, र यसले दर्शकहरुको निकै चासो र रुचि बटुलिरहेको छ।

फिल्ममा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार, स्टन्ट शिल्भा, न्यान्सी खड्का र सनिशा भट्टराईको अभिनय रहेको छ।

विराज भट्ट फिल्म पोडक्सनको प्रस्तुतीमा बनेको यो चलचित्रमा कथा स्वयम् विराज भट्टले लेखेका हुन् भने पटकथा र संवाद सन्तोष सरकारले लेखेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]