झापामा बाढीले ६ जनाको मृत्यु

Logo
ग्रामीण सहकर्मी प्रकाशित बिहिबार, आश्विन १७, २०८१

झापा/झापामा अविरल वर्षाका कारण आएको बाढीले ६ जनाको ज्यान गएको छ। तीन जनाको कृष्णे खोलामा डुबेर मृत्यु भएको छ भने कन्काई, मेची, र जमुना खोलामा एक–एक जनाको ज्यान गएको हो।

गौरीगञ्ज–२ निवासी ५५ वर्षीय केनालाल ताजपुरिया, ७५ वर्षीय महेश्वर न्यौपाने र कमल–१ निवासी ३५ वर्षीय टिकाराम चौधरीको कृष्णे खोलामा डुबेर मृत्यु भएको पुष्टि भएको छ। ताजपुरियाले खोलामा हामफालेका थिए भने न्यौपाने भैसी बाँध्न जाँदा डुबेर बेपत्ता भएका थिए। चौधरी माछा मार्न जाँदा डुबेर बेपत्ता भएका थिए।

त्यस्तै, कचनकवल–१ की १४ वर्षीया नेहारिका राजवंशीको जमुना खोलाले बगाएर मृत्यु भएको छ। सबै बेपत्ता व्यक्तिहरूको शव लामो खोजी कार्यपछि फेला परेको हो।

यसैगरी, मेची र कन्काई नदीमा दुईवटा बेवारिसे पुरुष शव फेला परेको छ, जसको पहिचान अझै हुन सकेको छैन। स्थानीय प्रहरी घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]