झापामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

Logo
ग्रामीण सहकर्मी प्रकाशित बिहिबार, आश्विन १७, २०८१

झापा/झापाको गौरीगंज गाउँपालिका–३ निवासी ३६ वर्षीय रामकुमार गिरीको करेन्ट लागेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार असोज १५ गते गिरीले घर नजिकै रहेको भान्द्रा खोलामा माछा मार्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका थिए।

गिरीले पानी तान्ने मोटरको तार खोलेर खोलामा लगाउँदा करेन्ट लागेर घाइते भएका थिए। उनलाई तत्कालै उपचारका लागि दमकको लाइफलाइन अस्पताल लैजाने प्रयास गरिए पनि बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय झापाले थप अनुसन्धान गरिरहेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]